बसको ठक्करबाट पोखरामा २ जना प्रहरीको मृत्यु |

अन्य

बसको ठक्करबाट पोखरामा २ जना प्रहरीको मृत्यु |

मार्च ५ पोखरा :- आफ्नो कामबाट मोटरसाकलमा फर्कदै गरेका प्रहरीको मृत्यु भएको छ । बसको ठक्करबाट पोखरामा २ जना प्रहरी जवानको मृत्यु भएको छ ।पोखराको विजयपुरमा गएराति डिउटी सकेर ग ११ प ३६५४ नम्बरको मोटरसाइकलमा फर्कदै गरेका प्रहरी जवानहरु प्रदिपकुमार यादव र सुशिल बानियाँलाई बा ४ ख ५७५८ नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

उनीहरुको क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको हो । प्रहरी जवान यादव र बानियाँ वडा प्रहरी कार्यालय बैदाममा कार्यरत हुनुहुन्थ्यो । बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक पनि पक्राउ परेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...