इजरायलमा तमु ल्होसार जनवरी ३ शुक्रबार मनाउदै ।

जनजाती बिशेस    विदेश

इजरायलमा तमु ल्होसार जनवरी ३ शुक्रबार मनाउदै ।
नोभेम्बर १९ फिष्टेल न्यूज :- “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु - शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ" तमु समुदायको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति, पहिचान एबं तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रबर्धन बिकास गर्ने हेतुले सन् २००६ सालमा स्थापना भएको तमु समाज इजरायलले गुरुङ्ग(तमु )हरुको महत्व पूर्ण राष्ट्रिय चाड तमु च्यु (मुसा ) ल्होसार तथा स्योकै खाने कार्यक्रम भब्य रुपले मनाउने तयारी गरेको तमु समाज इजरायलका महासचिव शान्ती तमुस्योले फिष्टेल न्युजलाई बताएकी छिन । आफ्नो भाषा, मौलिक धर्म, संस्कृति, रीतिरिवाज संरक्षण, सम्बर्दन र विकासका साथै तमुहरुमा एकताको सन्देश छर्न तमु ल्होसारलाई अवसरका रुपमा उपयोग गर्दै भाषिक, साँस्कृतिक तथा सामाजिक रुपमा एकता कायम राख्दै तमु हरुको अस्तित्व र पहिचानलाई बचाई राख्नु पर्छ भन्ने उदेश्यले बिदेशी भूमीमा पनि प्रत्येक बर्षको ल्होसार जस्तै तमु समाज इजरायलको आयोजनामा च्यु- ल्हो (मुसा वर्ग ) तमु ल्होसारको भब्य रुपले स्थानीय कलाकारहरुको साथमा ३ जनवरी २०२० शुक्रबार याद्खारुचिम-१५ , तेल-अभिबमा मनाउन गई रहेकोले कार्यक्रममा सहभागिताको लागी सम्पुर्ण तमु तथा गैर तमु दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक तमु समाज इजरायलद्वारा अनुरोध गरिएको छ ।  

तमु च्यु ल्हो ल्होसार

आयोजक:- तमु समाज इजरायल समय :- बेलुका ७: ०० बजे देखि बिहान ३: ०० बजे सम्म मिती :- ३ जनवरी २०२० शुक्रबार स्थान:- यादखरुचिम - १५ तेल-अभिब इजरायल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...