तमु समाज युएईले मनाउन गइ रहेको तमु फो-ल्होसार तयारी अन्तिम चरणमा।

विदेश

तमु समाज युएईले मनाउन गइ रहेको तमु फो-ल्होसार तयारी अन्तिम चरणमा।
मंसिर २७ सम्बाददाता मान सिङ गुरुङ युएई :- तमु समाज युएईले आयोजना गर्न गइ रहेको तमु फो-ल्होसार बिशेष सांस्कृतिक कार्यक्रमको तयारी लगभग अन्तिम चरणमा पुगेको छ। तमुहरु (गुरुङ) को मौलिक आफ्नो, भेषभुषा , भाषा , संस्कार , संस्कृति र पहिचान लाई संरक्षण , सम्बर्द्धन,प्रबर्द्धन र बिकासको निम्ति प्रवास युएईमा स्थापित तमु समाज युएईले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु फो-ल्होसार शुभकामना आदानप्रदान तथा नेपाल बाट आमन्त्रित अथिती कलाकार सहित प्रवासमा रहेका प्रवासी कलाकारहरुको साथ तमु फो-ल्होसार बिशेष सांस्कृतिक कार्यक्रम भव्यता साथ यहि आउदो २०१९ जनवरी ०४ तारिख शुक्रबार आबुधाबी मलयलम समाजम क्लब मुसाफा (K.M.Treading पछाडी ), आबुधाबी युएईमा मनाउन गइ रहेछ। उक्त तमु फो-ल्होसार विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती प्राप्त लोकप्रिय गायिका मेलिना राईको सांगीतिक धमाका सहित प्रबास युएईमा रहेका प्रवासी नेपाली चर्चित कलाकारहरु गायक शिव जंग तमु,गायक अमृत तमुको सांगीतिक धमाका रहने छ भने युएईमा चर्चित नृत्यकार किरण तमु , दिपक तमु (दीपिका) , पुर्णिमा तमुस्यो ,रिना तमुस्यो, आश तमु ,संगिता, तामाङ, सुनिल तमु , आशिका तमुस्यो ,रेबिका थापा मगर र सीता माया लुङ्बाको बेजोड प्रस्तुति रहने भएको छ। कार्यक्रमको बिस्तृत जानकारी र यातायातं व्यवस्थाको लागि तमु समाज युएईले दुबई तथा शारजाहको लागि उषा तमु - ०५५७१६८०६७ , मुनिन्द्र तमु - ०५२६४८७५६९,आबुधाबीको लागि राजु तमु - ०५५४५४२५१०,अमृत तमु - ०५५५९४८५०९ तथा अल ऐनको लागि दुर्गा बहादुर सुनुवार राई - ०५२६४८७५६९ लाई तोकेको छ।उक्त तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रम लाई ऐतिहासि, रुपमा भव्य र सभ्य सफल बनाउनको लागि प्रबास युएईमा स्थापित सम्पुर्ण प्रबासी नेपाली संघ संस्थाका प्रमुख , प्रतिनिधि , व्यावसायी , समाजसेवी , पत्रकार , बुद्धिजीवी मानुभाव , शुभचिन्तक , दाजुभाइ तथा दिदिबहिनीहरु लाई तमु फो-ल्होसार सांस्कृतिक कार्यक्रममा गरिमामय उपस्थितिको लागि तमु समाज युएईले अनुरोध तथा निमन्त्रणा गरेको तमु फो-ल्होसार संयोजक नन्द कुमार तमु,सह-संयोजक नन्द जंग तमु र व्यवस्थापन बिभाग प्रमुख राजु तमुले बताउनु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...