ऐतिहासिक प्रथम तमु बोन्पो लम् भेला पोखरामा शुरु ।

जनजाती बिशेस

ऐतिहासिक प्रथम तमु  बोन्पो लम् भेला पोखरामा शुरु ।

नोवेम्बर ११ फिस्टेल न्युज सम्बाददाता पोखरा :-तमु प्ये ल्हु संघ कास्कीको आयोजनामा फ- लि- ना कोहिबो शक्तिघाट पोखरामा शुक्रबार देखि एतिहासिक प्रथम रास्ट्रीय वोन्पो लम भेला शुरु भएको छ ।लमजुङ ,गोर्खा ,संखुवासभा ,कास्की जिल्लाका विभिन्न स्थानबाट झन्डै १५० जनाको वोन्पो लम गुरुहरुको उपस्थिति रहेकोे आयोजकले जनाएको छ ।

prash

पोखरा सभागृहबाट वोन्पो लम,पच्यु,क्ल्हेप्री लगायत हजारौं जनसमुदायको र्‍याली झाकिले नगर परिक्रमा पछि सभामा परिणत भएको कार्यक्रमलाई प्रमुख अतिथि सस्कृतिबिद डा. जगमान क्रोगी लम,पोले मनपाका मेयर मानबहादुर जिसि,तमु ह्युल छोज धिका केन्द्रिय अध्यक्ष रेशम पह्च्यु तमु,वोन्पो लम भेलाका परिकल्पनाकार भेगलाल चाह्क्ली तमु,तमु धि नेपाल्का अध्यक्ष कर्मा तमु,बौद्ध अर्घौ सदनका अध्यक्ष क्या. भुवन सिङ तमु,तमु प्ये ल्हु संघ गोर्खाका अध्यक्ष धनबहादुर तमु लगायतले सम्बोधन गरेका थिए ।

आइतबार सम्म चल्ने भेलाले वोन्पो लम घोषणापत्र जारी गर्नुका साथै वोन्पो लमको समिति समेत गठन गर्ने स्रोतले जनाएको छ । युके,हङकङ ,साउदी,कुबेत,दुबई ,ओमान,अमेरिका,मकाउ,अफ्गानिस्तान,मलेसिया,इजरायल लगायत स्वदेश तथा पोखराका विभिन्न तमु समाज र ब्याक्तित्वहरुबाट झन्डै १२ लाख रुपैयाँ सहयोग रकम संकलन भएको जिल्ला कोषाध्यक्ष कृष्ण पह्च्यु तमुले फिस्टेल न्युजलाइ बताउनु भयो । अझै थप रकम आउने क्रम जारी रहेको कोषाध्यक्षले बताउनु भयो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...