उदयपुरमा आज ३ जना थप नया कोरोना संक्रमित देखियो यो संग संक्रमितको संख्या ४५ ।

स्वास्थ्य

उदयपुरमा आज ३ जना थप नया कोरोना संक्रमित देखियो यो संग संक्रमितको संख्या ४५ ।
एप्रिल २२ उदयपुर :-पूर्वी नेपालको उदरपुरमा बुधबार थप ३ जना कोरोना भाइरसका पोजिटिम मानिस फेला परेका छन । उदयपुरको हटस्पट बनेको भुल्के एरिया मै थप तीन जना संक्रमित भएको पुष्टी भएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ४५ पुगेको छ ।मंगलबार उदयपुरको भुल्केमै ११ जनामा कोरोना संक्रमण देखिएको थियो धरानको प्रयोगशालामा उनीहरुको परीक्षण गर्दा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।२४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो। यसअघि उनीहरूको समूहका १६ मध्ये १३ जनामा कोरोना संक्रमण देखिएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...