नारायणगढ मुग्लींग सडक खण्डमा बस दुर्घटना १ जनाको ज्यान गयो |

अन्य

नारायणगढ मुग्लींग सडक खण्डमा बस दुर्घटना १ जनाको ज्यान गयो |
अप्रिल २४ चितवन:-नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत चितवनको स्याउली बजारमा भएको सवारी दुर्घटनामा १ को मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । आज विहान बस र ट्रक एक आपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो । दुर्घटनामा घाइते बसका सहचालक मकवानपुर धिमाल बस्ने ४४ वर्षीय चन्द्रबहादुर तिमिल्सिनाको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इटहरीबाट काठमाडौ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक मंगलबार बिहान ६ बजे तिरा एक आसपमा ठोक्किदा सो दुर्घटना भएको थियो । घाइते मध्य १९ जनाको पुरानो मेडिकल कलेज र अरु पाँच जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...