प्रदेशको राजधानीको माग गर्दै धनकुटा तनावग्रस्त |

अन्य

प्रदेशको राजधानीको माग गर्दै धनकुटा तनावग्रस्त |

जनवरी १८ धनकुटा :-प्रदेश राजधानीको माग गर्दै गरिएको आन्दोलनका कारण धनकुटा तनावग्रस्त बनेको छ । स्थिति तनावपूर्ण भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले धनकुटा सदरमुकामस्थित जिरोप्वाइन्ट, श्रीवाहीनी, बिहीबारे हटिया, त्रिवेणी चोक लगायत क्षेत्रलाई निशेधित क्षेत्र तोकेको छ । त्यस्तै विहिकार नै आन्दोलनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड गरेका छन् । आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा रहेको फर्निचरमा पनि आगजनी गरेका छन् ।

आन्दोलनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो । त्यस्तै आन्दोलनकारीले डिभिजन सहरी विकास कार्यालयमा समेत तोडफोड गरेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...