राष्ट्रपति बिरुद्द फेसबुकमा अमर्यादित शब्द लेख्ने नेपाल बिद्यार्थी संघका बिधार्थी पक्राउ |

अन्य

राष्ट्रपति बिरुद्द फेसबुकमा अमर्यादित शब्द लेख्ने नेपाल बिद्यार्थी संघका बिधार्थी पक्राउ |

डिसेम्बर १४ काठमाडौँ :- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तनहुँ बन्दीपुर नगरपालिका–३ का विवेक बानियाँलाई राष्ट्रपतिविरुद्ध अमर्यादित र अशोभनीय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक स्ट्याटस लेखेकाले पक्राउ गरिएको जनाएको छ ।उनलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान भइरहेको छ । सो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यसैबीच कार्यकर्ता पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले घण्टाघरमा आज एक घण्टा चक्का जाम गरेको छ ।त्रिचन्द्र क्याम्पसमा विज्ञान संकाय तेस्रो वर्षका बानियाँलाई आज अपराह्न साढे १ बजे क्याम्पसबाट पक्राउ गरेको विरोधमा चक्काजाम गरिएको नेविसंघ एकाइ अध्यक्ष विष्णु पौडेलले जानकारी दिनुभयो ।बानियाँले छ महिना अगाडि राष्ट्रपतिका बारेमा सामाजिक सञ्जालमा लेखेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...