म्याग्दीको मालिकामा पैरोले ४ घर पुरिए ,५ जना घाइते १ गम्भीर |

अन्य

श्रावण ३० म्याग्दी :-म्यादीको मालिका गाउँ पालिका २ बिल्बाङमा दुई,तिन दिन देखी परेको अविरल बर्षाका कारण पैरो जाँदा ८० घर विस्तापित भएका छन् | पहिरोबाट ४ घर पुरिएको छ, १५ घर अती जोखिममा रहेको छ |८० घर धुरी भएको सो गाउँमा १ घर बाहेक सबै घर बस्न नहुने भएको त्यस वडाका अध्यक्ष नर बहादुर पुनले जानकारी दिनु भएको छ | घाइते ५ जना मध्ये १ जनाको अवस्था गम्भीर भएकोले स्वस्थ उपचारको लागी पोखरा लानु भर्ने तर यातायातका साधन नचलेको र हेलीकोप्टर पनि मौसमको कारण सम्भव नहुँदा गाउँ की स्वस्थ चौकीमा उपचार भईरहेको छ ,४ जना सामन्य रहेको छ |प्रहरी प्रशासन , लायन्स क्लब ,रेड्क्रस तथा स्थानीयहरु उद्दार कार्यमा लागिरहेका छन् ,के कति क्ष्यति भयो भन्ने बारे पुरा विवरण भने आएको छैन |   स्थानीय लायन्स क्लब तथा रेड्क्रसले तत्कालको लागि एक घरलाई ब्ल्यांकेट ,एक पल ,भाँडाकुँडा एक सेट र एक बाल्टिन वितरण गरेको छ भने वडा नम्बर ६ का वडा अध्यक्ष सन्त नाथ सुबेदीले प्रत्येक घरलाई १ बोराका दरले चामल उपलब्ध गराउने घोषणा गरेको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...