युएईमा कोभिड -१९ संक्रमित बढ्दै एनआरएनए युएई सहित विभिन्न संघ सस्थाका प्रतिनिधीहरु लगातार पिडितहरुलाई राहत वितरण गर्दै ।

अन्य    स्वास्थ्य

युएईमा कोभिड -१९ संक्रमित बढ्दै  एनआरएनए युएई सहित विभिन्न संघ सस्थाका प्रतिनिधीहरु लगातार पिडितहरुलाई राहत वितरण गर्दै ।
एप्रिल ३० मनु कोंमे तमु युएई :-बिश्वब्यापी रुपमा महामारी फैलिएको कोभिड - १९ कोरोना भाइरस बारे युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयका अनुसार २७,००० नागरिक र बासिन्दाहरुको बिच परिक्षण गर्दा ३० अप्रील २०२० बिहिवार कोरोना भाइरसको - ५५२ जना नयाँ संक्रमित भेटिएको छ। थप नयाँ संक्रमित सहित हाल सम्म युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या - १२,४८१ जना पुगेको छ ।त्यसैगरी युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् - १०० जना पुर्णरुपमा निको भएका छन। युएईमा उपचार पश्चात् हाल सम्म संक्रमित भएका - २,४२९ जना पुर्णरुपमा निको भइसकेका छ्न। कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भएका थप - ७ जनाको मृत्यु भएको छ । हाल सम्म युएईमा कोरोना भाइरस बाट संक्रमित भइ मृत्यु हुनेको संख्या - १०५ जना पुगेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालय जनाएको छ।युएई सरकारले कोभिड -१९ कोरोना भाइरस रोकथामको लागी लगाइएका प्रतिबन्धहरु बिस्तारै कम गर्दै लगेको छ। युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनता लाई स्वास्थ्यकार्मी संग सहाकर्य गर्न र सबै सुरक्षा उपायहरु,बिशेष गरि सामाजिक दुरि प्रोटोकलहरुको पालन गर्न आम जनताको सुरक्षा र सुरक्षा सुनिश्चित गर्न आह्वान गरेको छ । त्यसैगरी एनआरएनए युएईले बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड - १९ कोरोना भाइरस संक्रमणको कारण लकडाउनमा परि युएईको विभिन्न ठाउँमा समस्यमा परेका पीडित श्रमिक नेपालीहरु लाई राहत खाद्यान्न सामाग्री वितरण गर्दै आइरहेको छ । एनआरएनए युएईले यस अभियान लाई निरन्तरता दिंदै २१ औं दिन पूरा गरि सकेको छ। एनआरएनए युएई क्यु आर एफ नेपाल टिममा डिआरसी मनोज गोर्खाली, अध्यक्ष प्रकाश कोइराला,उपाध्यक्ष पासाङ रिन्जी शेर्पा,उपाध्यक्ष राजन खतिवडा, कोषाध्यक्ष बिकास शाही,युवा संयोजक मदन अधिकारी, एनसीसी सदस्य सुजन सापकोटा,रमेश ढकाल,राजन अधिकारी र नेफिन युएईका संरक्षक समिति सदस्य तथा नेपाल मगर संघ शाखा युएईका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार टंक थापा मगर संक्रमणको कुनै प्रवाह नगरी दैनिक खटिरहेका छ्न।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...