भारतमा पनि कोरोना भाइरसको संक्रमित देखियो ।

अन्य    स्वास्थ्य

भारतमा पनि कोरोना भाइरसको संक्रमित देखियो ।
जनवरी ३१ फिष्टेल न्यूज :-चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा पनि पुगेको छ ।केरला राज्यमा कोरोना भाइरस संक्रमित विद्यार्थी भेटिएको त्यहाँका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।चीनको वुहान विश्वविद्यालयबाट आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको लक्षण देखिएको हो । भारतमा करिब पाँच सय बिरामीलाई निगरानीमा राखिएको छ । कोरोना भाइरसले चीनमा २०० को ज्यान लिइसकेको त्यहाँका सञ्चार माध्यमहरूले जनाएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...