कास्कीको भादौरेमा २१ औ भदौरे पन्चासे महोत्सव तथा तमु ल्होसार भब्य रुपले मनाउने तयारी |

अन्य

कास्कीको भादौरेमा २१ औ भदौरे पन्चासे महोत्सव तथा तमु ल्होसार भब्य रुपले मनाउने तयारी |
पुस ५ पोखरा :-कास्कीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित पर्यटकिय स्थान भदौरेमा २१ र्औ भदौरे पञ्चासे महोत्सव तथा तमु ल्होसार पुषको १० गतेदेखि शुरु हुने भएको छ । भदौरे युवा क्लव, भदौरे आमा समूह र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा हुने महोत्सव पुषको १५ गतेसम्म संचालन हुने भएको हो । विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रम तथा विशेष आकर्षणमा कोदोको विभिन्न परिकारहरु रहने आयोजकले बताएको छ । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नका लागि होम स्टे तथा कोदोबाट बनेका परिकारहरु राखिने महोत्सव संयोजक सन्तोष गुरुङले बताए । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न कार्यहरु तिव्र रुपमा अगाडी बढिरहेको पनि संयोजक गुरुङले जानकारी दिए । त्यसैगरि भदौरे क्लबका अध्यक्ष जिबन गुरुङले युवाहरुलाई लागुपदार्थ दुव्र्यसनदेखि टाढा राखी खेलप्रति आकर्षण गराउन महोत्सवमा युवाहरुका लागि विभिन्न खेलकुद प्रतियोगिता राखिएको बताए । महोत्सवमा पुरुष तथा महिला सेभेन ए साइड फुटबल, खुल्ला एकल नृत्य प्रतियोगिता, छेलो हान्ने, घुम्ने कुर्ची, रस्साकसि लगायतका प्रतियोगिताहरुका साथमा विभिन्न साँस्कृतिक कार्यक्रम रहने क्लबका सल्लाहकार आइन्दल गुरुङले जानकारी दिए । साथै पुरुष सेभेन ए साइड फुटवल प्रतियोगिताका प्रथम हुने टीमले नगद ७० हजार तथा द्धितियले नगद ४० हजार सहित शिल्ड मेडल पुरस्कार प्राप्त गर्ने गुरुङले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...