नेपाली विमानले फेरि युरोपको आकाशमा उड्न नपाउने |

अन्य

नेपाली विमानले फेरि युरोपको आकाशमा उड्न नपाउने |

डिसेम्बर ५ काठमाडौँ ;-युरोपियन युनियन इयुले नेपाली विमानलाई युरोपेली आकाशमा उड्न पुनः प्रतिबन्ध लगाएको छ । ४ वर्षदेखि युरोपेली आकाशमा उड्न लगाएको प्रतिबन्ध फुकुवा गरेको केही समयमै इयुले सुरक्षाको कारण देखाउँदै पुनः प्रतिबन्ध लगाएको हो । गएको हप्ता हवाई सुरक्षा सूचि अध्यावधिक गर्दै इयुले नेपाली विमान युरोपेली आकाशमा उडाउन प्रतिबन्ध लगाइएको जनाएको छ ।

नागरिक उड्ययन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुधारबारे प्रतिवेदन इयुलाई पठाएपनि इयुले भने लाइसेन्स प्रक्रिया, तालिमलगायतमा कमजोरी देखाउँदै प्रतिबन्ध लगाएको जनाएको छ । साथै उसले प्राधिकरणको कार्य क्षमतामा समेत प्रश्न उठाएको समाचारमा उल्लेख छ ।इयुले नेपालसहित १ सय ७८ वटा विमान कम्पनीलाई पनि युरोपको आकाशमा उड्न प्रतिबन्ध लगाएको जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...