नेपाल सरकारले लकडाउनको समय बैशाख २५ सम्म लम्ब्यायो ।

अन्य    स्वास्थ्य

नेपाल सरकारले लकडाउनको समय बैशाख २५ सम्म लम्ब्यायो ।
एप्रिल २६ काठमाडौँ :-नेपाल सरकारले लकडाउनको समय वैशाख २५ गतेसम्म थपेको छ ।आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो । तर उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको एक मन्त्रीले जानकारी दिए । ‘नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ, तर उद्योग खोल्न भने खुकुलो बनाउने निर्णय भएको छ’, ती मन्त्रीले भने । चैतको ११ गतेदेखि लकडाउन गरिरहेको सरकारले अहिले तेस्रोपटक थपेर वैसाख २५ गतेसम्म पुर्याएको छ ,भने वैशाख ३१ सम्म अन्तराष्ट्रिय सीमा नाकामा अवागमन बन्द गर्ने निर्णय गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...