कोभिड-१९ को संक्रमित अर्को एक ब्यक्तीको मृत्यु ,१०४२ जना संक्रमित ,५ मृत्यु।

अन्य

कोभिड-१९ को संक्रमित अर्को एक ब्यक्तीको मृत्यु ,१०४२ जना संक्रमित ,५ मृत्यु।
मे २८ काठमाडौँ :-नेपालमा आज अहिले सम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नियमित जारी गर्ने डिजिटल पत्रकार सम्मेलनमा १५६ जना नयाँ संक्रमित थपिएको जनाएको छ । यो संख्या अहिलेसम्म कै सबैभन्दा धेरै छ । नेपालमा कोरोना संक्रतिको संख्या एक हजार नाघेको छ । नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । नेपालमा १८७ जना कोरोना सं’क्रम’णबाट निको भइसकेका छन्। जसमा पुरुषहरु १४४ र महिला ४३ जना छन्। मन्त्रालयका अनुसार प्रदेशभर ५५० आइसोलेशन र १७ भेन्टिलेटर रहेका छन् भने कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किस्ट अस्पतालमा उपचाररत एक व्यक्तको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...