दुई समुहको झगडामा अस्ट्रेलियामा एक नेपाली युवकको मृत्यु ।

अन्य

दुई समुहको झगडामा अस्ट्रेलियामा एक नेपाली युवकको मृत्यु ।
मार्च २४ सिड्नी :-अस्ट्रेलियाको दक्षिण सिड्नीमा दुई समूहबीच भएको झगडामा एक नेपाली युवाको मृत्यु भएको छ । शनिबार बिहान अन्दाजी ३:१५ बजे त्यहाँको फरेस्ट रोडस्थित एक होटलमा रक्सी खाइरहेका दुई समूहबीच झगडा शुरु भएको थियो । झगडाबीच कुटाकुट पछि दुई युवक चोटसहित भाग्दै निस्केको र रेलवे परेड नजिकै घाँसमा ढलेको सिड्नी प्रहरीले उल्लेख गरेको छ । कुटाकुटबाट एक युवकको टाउकोमा गम्भीर चोट लागेको थियो भने अर्का युवकको पनि अनुहारमा चोट लागेको जनाइएको छ । घाइते दुवैलाई आकस्मिक सेवा बोलाएर सेन्ट जर्ज अस्पताल लगिएकोमा गम्भीर घाइते भएका २३ वर्षीय अमित कार्कीको उपचारका क्रममा निधन भएको हो । कार्की पढाइको सिलसिलामा अस्ट्रेलिया पुगेका थिए । घटना पछि प्रहरी कुटपिटमा संलग्न चार युवकहरुलाई नियन्त्रणमा लिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...