नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि |

अन्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा  वृद्धि |
अप्रील १७ लोकेन तमु सम्बत्दाता काठमाडौँ :-नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । निगमले बैशाख ३ गते रातिदेखि लागू हुनेगरी पेट्रोल प्रति लिटर एक रुपैया र डिजेल तथा मट्टीतेलमा दुइदुइ रुपैया मुल्य बढाएको छ । हवाई इन्धन र खान पकाउने ग्यासको मुल्य भने नबढाएको स्रोतले जनाएको छ । इन्डियन आयल कर्पोरेसन ( आइओसी) बाट मुल्य बढेर आएकोले स्वचालित प्रणाली अनुसार मुल्य समायोजन गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताउनु भएकोछ । निर्देशक भट्टराईका अनुसार आइओसिले हरेक १५-१५ दिनमा निगमलाई मुल्य सुची पठाउने गरिन्छ ।सोही आधारमा निगमले मुल्य निर्धारण गर्ने स्रोतले जनाएको छ । पछिल्लो मुल्य समायोजन पछी २१ करोड नाफा रहेकोे निगमले जनाएको छ । यसअघि निगमले चैतको तेस्रो साता पेट्रोल ,डिजेल र मट्टीतेलमा प्रतिलिटर दुइदुइ रुपैया बढाएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...