विभिन्न कार्यालयको छाप, दस्तखत किर्ते गर्ने युवक पक्राउ |

अन्य

विभिन्न कार्यालयको छाप, दस्तखत किर्ते गर्ने युवक पक्राउ |

मार्च ४ काठमाडौं:-विभिन्न संघ, संस्था तथा सरकारी कार्यालयहरुको छाप तथा दस्तखत किर्ते गरी नक्कली कागजातहरू तयार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित डाक्टर हेल्थकेयर कोटेश्वर नामको मेडिकल पसलका संचालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१७ रातमाटेका २४ वर्षीय कविर श्रेष्ठ भन्ने उदय थिङलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न कार्यालयका छाप तथा दस्तखत किर्ते गरी प्रयोग भइरहेको बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न थिङलाई उनकै मेडिकल पसलबाट पक्राउ गरेको हो ।थिङबाट समाज कल्याण परिषद लैनचौर काठमाडौंको लेटरप्याडमा विभिन्न व्यक्तिहरुको नाममा तयार गरेका कागजातहरु १५ पाना, उदय सिंहको नामको युनाइटेड नेशनको युएन अबजर्भर लेखिएको परिचयपत्रको प्रतिलिपि १ थान, नेपाल फर्मेसी परिषद लेखिएको स्ट्याम्प छाप १ थान लगायत विभिन्न संस्था तथा विद्यालयका नक्कली स्ट्याम्प छाप र ल्यापटप १ थान बरामद भएको छ ।थिङलाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...