नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै ,संक्रमित संख्या ९९ ।

अन्य

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै ,संक्रमित संख्या ९९ ।
मे ६ काठमाडौँ :-नेपालमा आज बुधबार कोरोना भाइरस कोभिड १९ का संक्रमित १७ जना थपिएका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनामा कोरोनाभाइरस पुष्टि भएको हो। पछिल्लो नतिजासँगै हाल देशमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ९९ पुगेको छ । उनीहरु सबैको स्वास्थ्यस्थिति सामान्य रहेको डा देवकोटाले जानकारी दिए ।संक्रमितमध्ये एक जना दुई महिने शिशु पनि छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितकहरु वीरगन्जका हुन् । संक्रमित हुनेमध्ये १० जना पुरुष र ७ जना महिला छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...