कन्चनपुरकी रीमा राना थारुले भारतीय उपराष्ट्रपतिको हातबाट गोल्ड मेडल पाईन |

अन्य

कन्चनपुरकी रीमा राना थारुले भारतीय उपराष्ट्रपतिको हातबाट गोल्ड मेडल पाईन |
श्रावण २८ कंचनपुर :-कञ्चनपुरको राना थारु समुदयाकी एक विद्यार्थीले भारतीय उपराष्ट्रपतिको हातबाट गोल्ड मेडल पाएकी छन् । पुनर्वास नगरपालिका ७ की रीमा रानाले बैंग्लोरस्थित मल्लिगे कलेज अफ फार्मेसि कलेजबाट मास्टर डिग्री (एम फार्मा) विषयमा सर्बोत्कृष्ट अंक ल्याएर भारत करनाटका प्रदेशमा प्रथम स्थान हासिल गरेकी छन्। करनाटका प्रदेशबाट सबैभन्दा धेरै अंक ल्याएकी रीमालाई १० अगष्टमा भारतका उपराष्ट्रपति एम वेंकैया नायडुले स्वर्णपदकबाट विभुषित गरे।कञ्चनपुरको पुनर्वासस्थित युगज्योति एकडेमीबाट २०६५ सालको प्रवेशिका परीक्षामा ८३.१३ प्रतिशत अंक ल्याएकी रीमाले बैंग्लोर८को मल्लिगे कलेजमा फार्मेसी विषय अध्ययन गरेकी हुन्।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...