कोभिड-१९ त्रासका कारण काठमाडौँ छोड्नेको संख्या बढ्यो ।

अन्य

कोभिड-१९  त्रासका कारण काठमाडौँ छोड्नेको संख्या बढ्यो ।
मार्च २० काठमाडौँ:-शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाण्डौ छाड्नेको सङ्ख्या बढेको छ । गएको २४ घण्टामा काठमाण्डौका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यो सङ्ख्या गएको बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो । यस्तै काठमाण्डौ भित्रनेको सङ्ख्या भने घटेको छ । गएको २४ घण्टामा ८३ हजार एक सय ३९ जना काठमाण्डौ आएका छन् । यो बुधबारको भन्दा १५ हजार सात सय ९५ जना कम रहेको ट्राफिक प्रहरीले जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमका कारण काठमाण्डौ उपत्यका छाड्नेको संख्या बढेको हो । दशै, तिहार र २०७२ सालको भूकम्पपछि पनि काठमाण्डनै छाड्नेको सङ्ख्या यसैगरी बढेको थियो । एजेन्सी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...