झापामा पिकनिकमा हिडेको बस दुर्घटना हुँदा १३ जना घाइते ।

अन्य

झापामा पिकनिकमा हिडेको बस दुर्घटना हुँदा १३ जना घाइते ।
डिसेम्बर ७ झापा :-पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित १३ जना घाइते भएका छन् ।घाइतेहरुमा दमक – १० निवासी २७ वर्षीय सन्तोष खड्का , सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का, उर्लावारी – ३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् । त्यस्तै दुर्घटनामा परी दमक १० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी ७ निवासी २२ वर्षीया माया घिमाल, दमक – १० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...