आज देशभर हिमपात हुने मौसम बिभागको अनुमान ।

अन्य

आज देशभर हिमपात हुने मौसम बिभागको अनुमान ।
जनवरी २ काठमाडौँ :-देशभर न्यून चापीय प्रणालीको प्रभावले बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिनभरी नै देशभर बदली रहने उल्लेख गरेको हो । दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुनेछ । यसैगरी, पश्चिम र मध्य क्षेत्रहरुमा भने हल्का र मध्यम वर्षा हुने सम्भावना रहेको छ ।रातिको समयमा पनि देशभर बदली भइरहने पूर्वानुमानमा उल्लेख छ । रातमा केही स्थानहरुमा वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...