अमेरीकी डलर अहीले सम्मको महँगो |

अन्य

अमेरीकी डलर अहीले सम्मको महँगो |
असोज १९ काठमाडौँ :-अमेरिकी डलर अहिलेसम्मकै महंगो भएको छ । शुक्रबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ ३ पैसा पुगेको छ । बिहीबार १ सय १७ रुपैयाँ ६५ पैसामा बिक्री भएको १ अमेरिकी डलर शुक्रबार एक रुपैयाँ बढेर १ सय १८ रुपैयाँ पुगेको हो । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर भएको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर बिक्रीदर छ । डलर बढ्दा विदेशबाट पैसा पठाउनेलाई, पर्यटन क्षेत्र र निर्यात क्षेत्रमा फाइदा पुग्नेछ । नेपालको निर्यात थोरै र आयात धेरै भएकाले डलरको भाउ बढ्दा नेपालमा विदेशी सामानको भाउ भने बढ्नेछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...