इन्डोनेशियामा सुनामीबाट मर्नेको संख्या १२०० पुगेओ |

अन्य

इन्डोनेशियामा सुनामीबाट मर्नेको संख्या १२०० पुगेओ |
असोज १६ इन्डोनेसिया :-इन्डोनेशियामा विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेहरूको सङख्या १२ सय नाघेको अधिकारीहरूले जनाएका छन्।मङ्गलवार अघिसम्म मृतकहरूको सङ्ख्या ८४४ पुगेको पुष्टि भएको थियो।मध्यवर्ती टापु सुलावेसीमा शुक्रवार ७.५ म्याग्निट्युडको विनाशकारी भूकम्प गएको थियो। त्यसपछि आएको सुनामीले तटीय शहर पालुमा विध्वंस मच्चाएको छ।इन्डोनेशियाले मध्य सुलावेसीका लागि खाद्यपदार्थ, राहत सामग्री र ठूला उपकरणहरू जुटाउने प्रयास जारी राख्दै अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरेको छ। राजधानी जकार्तामा एउटा परोपकारी संस्था सेभ द चिल्ड्रेनका लागि काम गर्ने सेलिना सुम्बुङ भन्छिन्, "तत्कालका लागि सरकारको प्राथमिकता भनेको हवाई, समुद्री र स्थल मार्गबाट पीडितहरूसम्म पुग्न पहुँचको व्यवस्था गर्नु रहेको छ।" उनका अनुसार त्यस कामको नेतृत्व सेना र सार्वजनिक आवास तथा यातायात मन्त्रालयले गरिरहेको छ।तत्कालका लागि सरकारको प्राथमिकता भनेको हवाई, समुद्री र स्थल मार्गबाट पीडितहरूसम्म पुग्न पहुँचको व्यवस्था गर्नु रहेको छ |शुक्रवारको भूकम्प र त्यसपछि आएको सुनामीले त्यस क्षेत्रमा ठूलो विनाश गरेको छ।   bbc

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...