माइतमा बसेकी छोरी बाबुद्वारा बलात्कृत |

अपराध

माइतमा बसेकी छोरी बाबुद्वारा बलात्कृत |
जुन १९ फिष्टेल न्यूज:-बर्दिया, बढैयाताल गाउँपालिका—८ मा छोरीलाई बलात्कार गरेको आरोपमा बाबुले पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले १९ वर्षीया विवाहित छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । माइत बसेकी छोरीलाई गएको वर्ष कार्तिकदेखि उनले पटक पटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । श्रीमान् विदेश गएपछि माइत बसेकी छोरीलाई बाबुले जवरजस्ती करणी गर्दे आएको प्रहरीको दाबी छ ।थाइराइडकी बिरामी छोरीलाई बलात्कार गरेपछि सात महिनाको गर्भ रहेको प्रनि महताले बताए । श्रीमान् विदेशबाट फर्केपछि बाबु विरुद्ध छोरीले जबरजस्ती करणीको मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...