कोरोना भाइरसको संक्रमण बढ्दै गए पछी अमेरिकाले अनिश्चितकालिन राष्ट्रिय संकटकाल घोषणा ।

विदेश

कोरोना भाइरसको संक्रमण बढ्दै गए पछी अमेरिकाले अनिश्चितकालिन राष्ट्रिय संकटकाल घोषणा ।
मार्च १४ एजेन्सी :-कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकाले अनिश्चितकालीन राष्ट्रिय संकटकाल घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकार सम्मेलन गरी संकटकाल घोषणा गरेका हुन्। योसँगै अमेरिकी सरकारले कोरोनाको महामारी नियन्त्रणका लागि ५० अर्ब डलर खर्च गर्न सक्नेछ। राष्ट्रपति ट्रम्पले व्यक्तिगत सरसफाइमा ध्यान दिन र अति आवश्यक नभई यात्रा नगर्न नागरिकलाई आग्रह गरेका छन्। अमेरिकाले यसअघि बेलायतबाहेक युरोपका सबै देशमा एक महिनाका लागि हवाई उडान बन्द गरिसकेको छ। अमेरिकामा एकैदिन कोरोनाको संक्रणबाट सातजनाको मृत्यु भएको छ भने १,७०१ जना नयाँ संक्रमित भेटिएका छन् भने ४० जनाको कोभिड-१९ कै कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।।सङ्कटकाल घोषणा गरेपछि सङ्घीय सरकारले आपत्कालीन राहत कोषमा ५० अर्ब अमेरिकी डलर जोहो गर्न सक्नेछ।कोरोनाभाइरस सङ्क्रमणको परीक्षण उपलब्ध गराउन विफल भएको भनेर ट्रम्प प्रशासनको व्यापक आलोचना भएको थियो। एजेन्सी

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...