तमु समाज साईप्रसको आयोजनामा ”फो ल्होसार २०१८ ”भब्य रुपले मनाउने |

विदेश

तमु समाज साईप्रसको आयोजनामा ”फो ल्होसार २०१८ ”भब्य रुपले मनाउने |
मंसिर १२ लिमासोल साईप्रस : - ” प्ये म्हस्या छ्या म्हामु, छ्य म्ह्स्या ल्हु म्हामु, ल्हु म्हास्या म्ही म्हामु शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ” भन्ने मूल नाराका साथ तमु सस्कार, सस्कृति र परम्परा झल्किने बृहत सस्कृतिक कार्यक्रम सहीत तमु समाज साईप्रसको आयोजनामा फो ल्हो (मृग वर्ग) ल्होसार भब्य रुपले मनाउने भएको छ | साईप्रसको पर्यटकीय शहर लिमास्सोलको Antipolo Club हलमा डिसेम्बर ३० २०१८ आईतबारका दिन एक आपसमा शुभकामना आदन-प्रदान, मौलिक पहिचान झल्किने बिबिध मनोरञ्जनात्मक प्रस्तुतीहरुको साथमा खी ल्हो (कुकुर वर्ग) लाई बिदाई गर्दै फो ल्हो (मृग वर्ग) लाई स्वागत गर्दै राष्ट्रिय पर्ब तमु ल्होसार स्योकै कार्यक्रमको साथमा मनाउने तयारीमा लागेको तमु समाज साईप्रसका महासचिव अप्सरा तमुस्योले हामीलाई बताउनु भएको छ | "तमु फो- ल्होसार बिशेष कार्यक्रम २०१८ ''मा उपस्थीत भैदिनु हुन सम्पूर्ण साईप्रसमा छरिएर रहनुहुने तमु तमुस्यो एवं गैर तमु तमुस्यो ,एवं विभिन्न संघ सस्था समाज का प्रमुख ज्युहरु, शुभचिन्तक , समाजसेवीहरुमा तमु समाज साईप्रसद्वरा हार्दिक अनुरोध सहित निमन्त्रणा गरिएको छ |

"तमु फो- ल्होसार बिशेष कार्यक्रम २०१८'' आयोजक :-तमु समाज साईप्रस मिती :-३० डिसेम्बर २०१८ (आईतबार ) समय :-बिहान १० बजे स्थान :-Antipolo Club लिमास्सोल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...