प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिकी पुर्व राष्ट्रपती बुशको निधन प्रति दुख ब्यक्त |

विदेश

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अमेरिकी पुर्व राष्ट्रपती बुशको निधन प्रति दुख ब्यक्त |
मंसीर १५ काठमाडौँ :- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अमेरिकाका पूर्वराष्ट्रपतिको जर्ज डब्लु बुशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवाले शनिबार एक विज्ञप्ति जारी गरी अमेरिकाका ४१औँ राष्ट्रपति बुशको ९४ वर्षको उमेरमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।   “पूर्वराष्ट्रपति बुशको निधनको खबरबाट म र मेरो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको छ”, विज्ञप्तिमा उल्लेख छ ।स्वर्गीय बुशले नेपालमा प्रजातन्त्र पुनःस्थापनामा देखाउनुभएको सद्भाव सधै स्मरणीय रहेको काङ्ग्रेसले जनाएको छ । “स्वर्गीय बुशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकको घडीमा अमेरिकी सरकार, अमेरिकी जनता तथा स्व बुशको समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु,”विज्ञप्तिमा भनिएको छ । रासस

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...