भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना हङकङमा सम्मानित ।

खेलकुद    विदेश

भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना  हङकङमा सम्मानित ।
मे ६ हङकङ – राष्ट्रिय भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना हङकङमा सम्मानित भएका छन् । पर्वत क्लब हङकङले आफ्नो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष काजिमान गुरुङले अध्यक्षता ग्रहण गरेका थिए भने प्रमुख अतिथिमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, विशेष अतिथिमा एनआएन हङकङका अध्यक्ष टीका गुरुङ, एनआरएन हङकङका उपाध्यक्ष तथा एसिया प्यासिफिक भलिबल दुत निरञ्जन गुरुङ, भुरुङदी सियो समाजका अध्यक्ष लोकमान गुरुङ लगायत पर्वत मञ्च हङकङ सँग आबद्ध १० वटै एकाइ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिदै मञ्चका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ले मञ्च र क्लबको सम्बन्ध नङ र मासुको जस्तै रहेको बताउँदै सधै एकजुट भएर अघि बढ्ने बताए । कार्यक्रमको स्वागत मन्तव्य पर्वत क्लब हङकङका उपाध्यक्ष दुर्गा थापाले दिएका थिए । सम्मानपछि बोल्दै खेलाडिद्वय मञ्जु र लक्ष्मणले सम्मानित हुन पाउँदा एकदमै खुसि लागेको बताए । केही समय अघि आयोजना गरिएको भलिबल खेलमा नेपालबाट गएका खेलाडिद्वय मञ्जु गुरुङ र लक्ष्मण रानाले साथ दिएका थिए । यस्तै, हिजो भएको बिदाई तथा सम्मान कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमका पनि आयोजना गरिएको थियो । पर्वत घर भई हङकङ बस्दै आएका नेपालीहरुले स्थापना गरेको क्लबले वार्षिकोत्सवको अवसर पारेर विविध कार्यक्रम गर्दै आएको आयोजकले जनाएको छ । कार्यक्रम ‘हङ्ग्री आई रष्टुरेन्ट एन्ड बार’मा बेलुकि ८ बजेदेखि सुरु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि दुर्गा गुरुङ ‘मिलन’ र कार्यक्रम संयोजक तथा पर्वत मञ्च हङकङ उपाध्यक्ष भिम गुरुङले पनि खेलाडीद्वयलाई मञ्चको तर्फबाट सम्मान गरेका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...