कुवेतमा सुतेकै अवस्थामा एक नेपालीको मृत्यु |

विदेश

कुवेतमा सुतेकै अवस्थामा  एक नेपालीको मृत्यु |
कार्तिक ३० कुवेत:-बैदेशीक रोजगारको लागि कुवेत पुगेका एक नेपालीको शुक्रबार निधन भएको छ। झापा माइधाराका बिष्णु घिमिरेको सुतेकै अवस्थामा निधन भएको हो।घिमिरे झापाली समाज कुवेतका कार्य समिती सदस्य तथा नेपाली समुदाय कुवेतमा लामो समय देखी आबद्द भएका ब्यक्ती हुन। कुवेतको जिलिब स्थित साथीको घरमा सुतेका घिमिरे मृत अबस्थामा भेटिएपछी प्रहरी लाई खबर गरिएको र अहिले शबलाई आबश्यक कानुनी प्रकृयाको लागिएको लगिएको छ।३७ बर्षिय घिमिरे कुवेतको एस डि एफ सि कम्पनीमा काम गर्न पुगेका भए पनि हाल एजिलिटी कम्पनीमा सबारी चालकको रुपमा कार्यरत रहेकोे झापाली समाज कुवेतका सचिब प्रेम झापालीले जानकारी दिएका छन्। घटना बारे कुवेत स्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ भने कानुनी प्रक्रिया पूरा गरि शवलाइ नेपाल पठाइने दूतावासका सचीव ज्ञान बहादुर मगरले बताएका छन्। मृतक घिमिरेको घरमा आमा, श्रीमती, एक छोरो र केही समय अगाडि करेन्ट लागेर अशक्त भएकी बहिनी रहेको बुझिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...