इजरायलमा एक नेपालीको मृत्यु ,सामाजीक संजालमा फैलिएको भ्रम चिर्दै एनआर एन इजरायलले प्रेस बिज्ञप्ती जारि |

विदेश

इजरायलमा एक नेपालीको मृत्यु ,सामाजीक संजालमा फैलिएको भ्रम चिर्दै एनआर एन इजरायलले प्रेस बिज्ञप्ती जारि |
मंसीर १२ इजरायल :- इजरायल कार्यरत नेपाली भाषी नेपाली जमुना थापाको निधनको भएको छ |वहाको मृत्युको बारेमा सामाजिक संजालहरुमा विभिन्न तथ्यहीन कुराहरु लगातार पोस्ट हुँदै आएकोमा सत्य तथ्यबारे बुझ्नको लागि एनआरएनए इजरायलले कार्यसमितीका पदाधीकारीहरुलाई सम्बन्धीत परिवार तथा ब्यक्तीहरुसंग सम्पर्क गरी ,सो घटनाको बारेमा प्रस्ट पार्दै प्रेस विज्ञप्ति जारी गरेको छ | एनआरएनए इजरायलका कावा अध्यक्ष शान्ता ज्ञवाली पोख्रेल तथा महासचिव तेन्जिन शेर्पाले हस्तारित सो प्रेस बिज्ञप्तीमा सामाजीक संजालमा कुनै पनि कुराको सत्य तात्य नबुझी कसैको व्यक्तिगत मानव अधिकार हनन हुने किसिमले पोस्ट नगर्न अनुरोध गरेको छ | ''नेपाली नागरिकतामा जमुना थापा नाम भएकी बिराटनगर उपमहानगरपालिका घर भै भारतिय राहदानी बाहक बर्ष ४३ कि नेहा शर्मा बैदेशिक रोजगारको क्रममा ५ बर्षदेखि इजरायलमा रहेको र २२ नोभेम्बर २०१८ बिहीबार बेलुका ६;३० बजे इजरायलको आसदोद भन्ने स्थानमा काम गरी रहेको अवस्थामा अकस्मात बेहोस भै ढलेपछि अस्पताल पुर्याउंदा ASTHMA ATTACKED को कारण ब्रेन डेड भै सकेको अस्पतालले पुष्टी गरेपछि मृतकको शरीरको भित्री अंगहरु मृतकका बुबा पुष्करराज थापा, मृतकका दाजु,छोराहरु लगायत निजका आफन्तहरुको परामर्श र मन्जुरीमा इजरायलको ट्रमा सेन्टरलाई दान दिन मन्जुर भै दान दिई सकेको बिषयलाई भ्रम फैलाएर इजरायल स्थित केही फेसबुक प्रयोगकर्ताहरुले सामाजिक संजालमा बिना आधार आ-आफ्नो मनोमानी ढंगले आपत्तीजनक र भ्रामक समाचारहरु सम्प्रेषण गरी रहेको र मृतकका आफन्तहरुलाई समेत चोट पुग्ने गरी फोटो तथा भिडियो लाईभहरु सामाजिक संजालमा पोष्ट गरिएकोमा गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको गम्भिर ध्यानाकर्षण भएको छ। उक्त घट्नाको बारेमा सत्यतथ्य बुझ्न र सर-सहयोगकोलागि ट्रमा सेन्टरमा पुगेका यस संस्थाका महासचिव तेन्जिन शेर्पा र एनआरएनए एनसीसी इजरायललाई समेत लक्षित गरी कपोलकल्पित लान्छना लगाएर सार्वजानिक गरिएका लाईभ भिडियोहरु समेत खेद्जनक छन्। संसारका कुनैपनि मानिसले आफू ज्यूँदो हुँदा आफ्नो स्व:ईच्छाले आफ्ना शरीरका अंगहरु मर्नोपरान्त दान दिन सक्छ भने कुनैपनि मृतकका आफन्तले मृतकका शरीरका अंगहरु परोपकारकोलागि मृत्यूवरण पश्चात दान गर्न सक्छन्। हाल इजरायलमा मृत्यूवरण गरेकि जमुना थापा भनिने नेहा शर्माको भित्री अंगहरु परिवारको मन्जुरीमा बिश्व विख्यात गैर नाफामूलक परोपकारी संस्था ट्रमा सेन्टरलाई दान गरिएको हो पैसामा बेचिएको होईन्। खरानी अनि माटो भएर जाने मृतकको अंगहरु दान गरेर अंगभंग भएका कुनैपनि रोगी बिरामीले निशुल्क प्रत्यारोपण गर्न पाउँदा उसलाई नयाँ जीवन प्राप्त हुनेछ त्यो पनि एउटा बिशिस्ट परोपकार हो। मृतकका आफन्तहरुले मन्जुरी गरेका कुराहरुमा बिना अख्तियारका मानिसहरुले सामाजिक संजालमा जताभावी बोल्न र लेख्ने क्रियाकलाप संवेदनहीनताको पराकाष्टा हो भन्ने हाम्रो ठहर छ। बिना आधार नियतवस सिमा नाघेर आफैले आफैलाई वकिल हो भन्ने ठानी तथ्यहीन,कपोल्पल्पित कुराहरु अशिस्ट र असभ्य भासामा लेख्न र बोल्न बन्द गरौँ भन्ने हाम्रो सविनय अपिल छ । यस्ता कृयाकलाप र गतिविधिले कसैलाई न्याय गर्न सक्दैन सामाजिक मर्यादा र शिष्टतामा खलल पुग्न सक्ने भएकोले इजरायलमा रहेका फेसबुक प्रयोगकर्ता सबै दिदीबहिनी तथा दाजुभाइहरु यस्ता गतिविधिमा संलग्न नहुन र संलग्न हुनेहरुले यस्ता गतिविधिहरु बन्द गर्न हुन गैर आवाशिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायल सम्बन्धित सबैमा हार्दिक निबेदन गर्दै यो प्रेस बिज्ञप्ति जारी गर्दछ।''

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...