इजरायल र पेलेस्ताइन बीच फेरी तनाव ,गाजाबाट अहिलेसम्म २०० रकेट प्रहर, गाजामा इजरायली सेनाको भिषण आक्रमण |

विदेश

इजरायल र पेलेस्ताइन बीच फेरी तनाव ,गाजाबाट अहिलेसम्म २०० रकेट प्रहर, गाजामा  इजरायली सेनाको भिषण आक्रमण |
कार्तिक २६ इजरायल :-इजरेल र हमास बीच पुनः तनाव चर्किँदै गएकोछ।सोमबार सांझा गाजाबाट फिलिस्तीनी विद्रोहहरूले 80 वटा रकेटहरू दक्षिणी इजरायलमा आक्रमण गरे।त्यस पछी इजरायलले गाजापट्टीमा गरेको एउटा कारबाहीमा हमास विद्रोहीका एक स्थानीय कमान्डरसहित छजना प्यालिस्टिनी मारिएको प्यालेस्टाइनका अधिकारीहरूले बताएका छन्। विशेष फौजले गरेको कारबाहीका क्रममा आफ्ना एक सैनिकको ज्यान गएको र अर्का घाइते भएको इजरेली सेनाले जनाएको छ। गाजापट्टीको दक्षिणमा पर्ने खान युनिसदेखि पूर्वमा भिडन्त भएको हो।गाजा क्षेत्रबाट रकेट प्रहार गरिएका चेतावनीयुक्त साइरन दक्षिणी इजरेलमा सुन्न सकिन्थ्यो र प्रहार गरिएका थुप्रै रकेट खसालिएका छन्।इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो फ्रान्स भ्रमण छोट्याई स्वदेश फर्कने निर्णय गरेका छन्।प्रथम विश्वयुद्ध अन्त्य भएको शतवार्षिकीका अवसरमा फ्रान्समा आयोजित कार्यक्रमका लागि उनी त्यहाँ गएका हुन्।गाजा क्षेत्रमा वर्चस्व कायम गरेको हमास समूहका एकजना प्रवक्ताले घटनालाई 'कायरतापूर्ण इजरेली आक्रमण'को संज्ञा दिएका छन्।   हमलामा खान युनिसस्थित इज्जेदिन अल-कसाम ब्रिगेडका कमान्डर शेख नुर बराकेह मारिएका हुन्।हमलाबारे इजरेली सेनाले विस्तृत विवरण सार्वजनिक गरेको छैन, तर अहिले आफ्नो फौज फर्किसकेको जनाएको छ।एउटा वक्तव्यमा इजरेली सेनाले इजरेली प्रतिरक्षा फौज र विशेष सुरक्षा बल गाजापट्टीमा एउटा गोली हानाहानको घटनामा संलग्न भएको जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...