इजरायलमा १०९ औ अन्तराष्ट्रिय नारी दिवस मनाउने ।

विदेश

इजरायलमा १०९ औ अन्तराष्ट्रिय नारी दिवस मनाउने ।
फागुन २२ इजरायल:- नेपाली नारिहरुको संगठन नेपाली नारी आवाज इजरायलले १०९ औ अन्तराष्ट्रिय नारी दिवस मनाउने भएको छ | ''नारी हिँसा बिरुद्द राज्यको दायित्व र प्रवासमा नारी ''भन्ने नाराका साथ मार्च ८ शुक्रबार २०१९ अन्तराष्ट्रिय नारी दिवस तेल अभिव स्थित साई सेन्टरमा मनाउने तयारी गरेको अन्तरराष्ट्रीय नेपाली नारी आवाज इजरायलकी अध्यक्ष नेहा गुरुङले जानकारी दिनु भएको छ। उक्त कार्यक्रममा अन्तराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलको १२ औँ  बार्षिक उत्सव मनाउने कार्यक्रम समेत रहेको जानकारी वहाले दिनु भएको छ |   नारी सम्बन्धि कविता,मुक्तक,गजल वाचन लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा हुना लागिएको कार्यक्रममा उपस्थित भइ कार्यक्रम सफल बनाउनको लागि सम्पूर्ण इजरायलमा स्थापित संघसस्थाहरू लगायत अनलाइन मीडियाकर्मीहरु साथै इजरायलमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनीहरूलाई उपस्थितिको लागि आयोजक संस्था अन्तरराष्ट्रीय नेपाली नारी आवाज इन इजरायलद्वारा हार्दिक अनुरोध गरिएको छ।   सन् १९७७ मा संयुक्त राष्ट्र संघले मार्च ८ तारिखलाई नारि दिवसको रुपमा प्रत्येक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरेको थियो। त्यस पश्चात आठ मार्चका दिन नारी दिवस बिश्वब्यापी रुपमा मनाउदै आएको छ |

१०९ औ अन्तराष्ट्रिय नारी दिवस मिति :-मार्च ८ शुक्रबार स्थान :-हर्चियोंन ३५ तेल अभिव इजरायल समय :-७ बजे साँझ


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...