कुवेतमा एक नेपाली महिलाको मृत्यु |

विदेश

कुवेतमा एक नेपाली महिलाको मृत्यु |
मंसीर १६ कुवेत:-घरेलु कामदारका रूपमा कुवेतमा कार्यरत एक नेपाली महिलाको आइतबार मृत्यु भएको छ।गौरादह-५, झापा घर भई कुवेतमा बिगत लामो समय देखि कार्यरत ३८ बर्षिया रमा श्रेष्ठको आइतबार बिहान निधन भएको कुवेत स्थित नेपाली दूतावासले जानकारी दिएको छ। श्रेष्ठको मृत्‍यु बारे प्रारम्भिक जानकारी आए पनि मृत्‍युको कारण,पूर्ण बिबरण र प्रहरी रिपोर्ट आउन बाँकी रहेको हुँदा रिपोर्ट आए पछी घर-परिवारमा समन्वय गरी,मृतकले पाउने सेवा सुबिधा लगाएत सम्पूर्ण कानुनी प्रकृया पुरा गरि शब छिट्टै पठाइने दुताबासले बताएको छ। मृतक रमा श्रेष्ठकी छोरी सविना श्रेष्ठ पनि कुवेतमै एक बर्ष देखी घरेलु महिला कामदारको रुपमा कार्यरत छिन। जानकारीका अनुसार मृतक श्रेष्ठ बिगत ५ बर्ष देखी भागेर अबैधानिक रुपमा काम गर्दै आएकी थिईन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...