तमु (गुरुङ )समाज कतारको आयोजनामा फो ल्होसार भब्य रुपले सम्पन्न |

विदेश

तमु (गुरुङ )समाज कतारको आयोजनामा फो ल्होसार भब्य रुपले सम्पन्न |
पुस २४ दोहा :-राष्ट्रिय पर्व तथा तमुहरुको महान पर्व ल्होसारको शुभ अवसरमा तमु (गुरुङ) समाज कतारको आयोजनामा अल समाल गार्डनमा "फो ल्होसार तथा स्योकैं २०१९" कार्यक्रम भव्यताका साथ सम्पन्न भयो।संस्थाका केन्द्रीय अध्यक्ष श्री भाइकाजी गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मानार्थ परिषद सदस्य श्री नरेन्द्र भाट ज्यु प्रमुख अतिथि रहनुभएको थियो भने अन्य उपस्थितिमा विशेष अतिथिहरु संस्थाका प्रमुख संरक्षक श्री बिल बहादुर गुरुङ ज्यु, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य श्री कमल गुरागाई ज्यु, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य श्री बिमल सुवेदी ज्यु, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य श्री बिनोद भट्टराई ज्यु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, श्री नगेन्द्र पोखरेल ज्यु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका महासचिव श्री सागर लिम्बू ज्यु, किराँत याक्थुङ, चुम्लुङ कतारका अध्यक्ष श्री राजेन्द्र साम्मेखाम लिम्बू ज्यु, किराँत राई यायोख्खा कतारका अध्यक्ष श्री एकराज राई ज्यु, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष श्री तिर्थ थिङ ज्यु, थारु कल्याणकारी सभा कतार च्याप्टरका अध्यक्ष श्री अरबिन चौधरी ज्यु, नेपाल प्रवासी सुनुवार सेवा समाज कतारका अध्यक्ष श्री सामुयल सुनुवार ज्यु, नेपाल प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष श्री मिलन भुजेल ज्यु, शेर्पा किदुङ समाज कतारका अध्यक्ष श्री ङवाङ कुसाङ शेर्पा ज्यु, धानुक सेवा समाज कतारका अध्यक्ष श्री राम कुमार मण्डल ज्यु, तमु प्ये ल्हु संघ कतारका अध्यक्ष श्री रबिन्द्र गुरुङ ज्युको उपस्थिति रहेको थियो। त्यस्तै अतिथिहरुमा विभिन्न संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधि ज्युहरु, व्यवसायी तथा समाजसेवी व्यक्तित्वहरुको गरिमामय उपस्थिति सँगै दोहावासी तमु तथा गैर तमु महानुभावहरुको उल्लेखनीय उपस्तिथि रहेको कार्यक्रम संस्थाका महासचिव तेज गुरुङ, सचिव ज्ञानु गुरुङ र महिला विभागका सक्रिय सदस्य प्रतिमा गुरुङले आलोपालो सञ्चालन गरेका थिए भने संस्थाका उपाध्यक्ष श्री खुशीमान गुरुङ ज्युले स्वागत मन्तव्य द्वारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभए लगत्तै प्रमुख अतिथिको बाहुली बाट दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो। कार्यक्रममा संस्थाका तृतीय उपाध्यक्ष टौमाया गुरुङ ज्युले महान पर्व तमु ल्होसारको महत्त्वबारे प्रकाश पार्नुभएको थियो भने उपस्थित विभिन्न व्यक्तित्वहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। नेपाली राजदुतावासका महामहिम प्रा. रमेशप्रसाद कोईराला ज्यु बाट तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको उपलक्ष्यमा नेपाल, कतार तथा विश्वमा रहने सम्पूर्ण नेपाली गुरुङ दिदीबहिनी तथा दाजुभाइहरु लगायत सम्पूर्ण नेपालीहरुमा सुख, शान्ती, समृद्धि , सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको प्राप्त शुभकामना सन्देश कार्यक्रममा उच्चारण गरिएको थियो। यस "फो ल्होसार तथा स्योकैं कार्यक्रम २०१९ लाई भव्यताका साथ सफल बनाउन निम्न व्यक्तित्वहरु द्वारा प्रायोजन गरिएको थियो। वहाँहरु प्रती संस्थागत धन्यवाद तथा हार्दिक आभार सहित कृतज्ञता व्यक्त गरिएको थियो। श्री सुरेन्द्र लम्साल, कन्ट्री म्यानेजर सिटी एक्सप्रेस, कतार श्री पुष्प लामा, सञ्चालक रोयल रेस्टुरेन्ट , नज्मा, कतार श्री यादव गुरुङ, आजीवन सदज्य, तमु समाज कतार श्री कुमार गुरुङ, सल्लाहकार, तमु सांस्कृतिक परिवार कतार श्री रामकुमार मण्डल, अध्यक्ष, धानुक सेवा समाज, कतार श्री भेष गुरुङ, आजीवन सदस्य, तमु समाज कतार श्री नारायणसिंह गुरुङ,आजीवन सदस्य, तमु समाज कतार श्री माया गुरुङ, महिला विभाग सदस्य, तमु समाज कतार श्री पदम थापा, मानार्थ सदस्य, तमु समाज कतार । उपस्थित सम्पूर्णमा मनोरञ्जन तथा तमु संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य लिई तमु (गुरुङ) समाज कतारको संरक्षकत्वमा स्थापित तमु सांस्कृतिक परिवारका कलाकार भाइबहिनीहरुको बिभिन्न रमाइला प्रस्तुतीहरुको साथमा तमुहरुको परम्परागत छेलो प्रतियोगिता र रमाइलो रसी तान्ने खेलहरुले कार्यक्रमको गौरव र थप रौनकता बढाएको थियो। कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र भाट ज्युलाई (क्रेगी) फेटाले संस्थागत सम्मान गरिएको थियो भने फो ल्होसारको शुभ अवसरमा तमु प्ये ल्हु संघ शाखा कतारका महिला विभागका चेलीबेटीहरु द्वारा संस्थाका अध्यक्ष भाइकाजी गुरुङ र प्रमुख संरक्षक बिल बहादुर गुरुङलाई (क्रेगी) फेटाले सम्मान गरिएको थियो। हरेक वर्ष जस्तै यस वर्ष पनि तमुहरुको परम्परागत छेलो फाल्ने प्रतियोगितामा लम्जुङका चन्द्र गुरुङ फो ल्होसारको तमु राजा (म्रु) राजा घोषित हुनुभयो भने लमजुङकै हर्क गुरुङ द्वितीय हुन सफल हुनुभयो। विजेता दुबैजनालाई प्रमाणपत्र, ट्रफी र नगद पुरस्कारले सम्मानित गरिएको थियो। त्यस्तै कार्यक्रमको अन्त्यमा भाग्यशाली चिट्ठा उपहारको गोला प्रथा द्वारा निम्न कुपन नम्बर र व्यक्तित्वहरु पुरस्कृत हुनुभएको थियो। प्रथम पुरस्कार: १० ग्राम सुन, 0050 - दिलिप मगर द्वितीय पुरस्कार: ल्यापटप - 0880- बिकाश गुरुङ तृतीय पुरस्कार: 32" LED TV " - 1268- पदम थापा सान्त्वना पुरस्कार (५ जनालाइ स्मार्ट मोबाइल) 1141- चोक बहादुर गुरुङ 0769- राजकुमार साही 0700- धनेन्द्र मुखिया 1170- सोमनाथ गौतम 0661- सागर बस्नेत अन्त्यमा कार्यक्रममा उपस्थित सम्पूर्ण आमन्त्रित अतिथिहरुको गरिमामय उपस्थितिको निम्ति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै, अन्य उपस्थित सम्पूर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, दोहावासी तमु तथा गैर तमु महानुभावहरु प्रति उल्लेखनीय उपस्थिति सहित वहाँहरुको यो सद्भाव र सहयोगको निम्ति धन्यवाद ब्यक्त गर्दै सभापती ज्युले "फो ल्होसार तथा स्यो कै कार्यक्रम -2019" कार्यक्रम सभा बिसर्जन गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...