बिबाह गर्न नमाने पछि युवती माथि निर्घात कुटपिट |

अपराध

बिबाह गर्न नमाने पछि युवती माथि निर्घात कुटपिट |

मार्च १४ काठमाडौँ :-  कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनखेतमा २४ वर्षिय युवती सोनी चन्दमाथि निर्घात कुटपिट गरिएको छ ।बिहान १० बजे सोनीकै घरमा गएर भीमदत्त नगरपालिका–१० गड्डाचौकीका २७ वर्षिय राकेश चन्दले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट सोनीको आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । राकेशले सोनीलाई आफूसँग विवाह गर्न दबाब दिँदै आएको थियो ।

राकेशले घरमै आएर औलाहरूले आँखा घोचेको र अनुहारमा उम्लिरहेको घ्यू फालिदिएको सोनीका आफन्तले बताएका छन् । सोनीको महेन्द्रनगरस्थित आँखा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको गेटा आँखा अस्पताल रेफर गरिएको छ ।

सोनीको आमाले छोरीमाथि कुटपिट हुँदा रोक्न खोजेपछि आमामाथि समेत कुटपिट गरिएको जनाइएको छ । घरमा आमा र छोरी मात्रै बस्ने गरेका थिए । सोनीमाथि कुटपिट गर्ने राकेश चन्दको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...