पशु बली दिने एक नेपाली प्रहरी खोरमा ।

अपराध

पशु बली दिने एक नेपाली प्रहरी खोरमा ।

सेप्टेम्बर ३० न्युयोर्क :-हिन्दु नेपालीहरुको महान चाड दशै मनाउने क्रममा एक नेपाली प्रहरी खोरमा पुगेको छ । प्राप्त समाचार अनुसार न्यु योर्कको क्वीन्स शहरमा एक नेपालीलाई दशैंको दशा लागेको छ । बद्रि प्रसाद नामको व्यक्तीले नवमीको पुनित अवसरमा आफ्नो गाडीमा एक बोकाको बलि दिइराखेको अवस्थामा स्थानिय प्रहरीहरुले पक्राउ गरी हिरासतमा लिएका छन् ।

 नीजको हातमा रगताम्य खुकुरी पनि बरामद भएको प्रहरीले जनाएको छ । स्थानिय पशु हक अधिकार कानुन अनुसार बलि दिनु अपराध मानिन्छ र २ वर्षसम्म कैद हुन सक्ने प्रक्रिया भएको बताइएको छ ।

साभार : बैकल्पिक समाचार

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...