चक्कु प्रहारगरि हत्या गरेको आरोपमा धर्मा बोहोरा पक्राउ |

अपराध

चक्कु प्रहारगरि हत्या गरेको आरोपमा धर्मा बोहोरा पक्राउ |

जनवरी १६ कञ्चनपुर:-बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौ घर भई भीमदत्त नगरपालिका–१८,कटान डेरा गरी बस्ने २५ वर्षीय राजु बोहोरालाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ३० वर्षीया धर्मा बोहोरालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

डेरा कोठामा सुतिरहेको अवस्थामा धर्माले घाँटीमा चक्कु प्रहार गर्दा गम्भीर घाईते भएका राजुलाई उपचारार्थ महाकाली अञ्चल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...