अज्ञात व्यक्तिद्वारा वडाअध्यक्ष माथि मोबिल छर्केर आक्रमण गरे |

अपराध

अज्ञात व्यक्तिद्वारा  वडाअध्यक्ष माथि मोबिल छर्केर आक्रमण गरे |
अप्रिल १० चितवन :-भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डरीमाथि आक्रमण भएको छ । आफ्नो बा १० च २५९२ नम्बरको गाडीमा नारायणगढको सिद्धी आयल स्टोर्समा पेट्रोल भरेर चढ्न लागेका बेला पछाडिबाट एक अपरिचित ब्यक्तीले मोविल छर्कनुका साथै ढुंगाले हानेर भागेको वडाध्यक्ष भण्डारीले बताए ।उनको टाउकोमा चोट लागेको छ । भण्डारीको अवस्था सामान्य रहेको र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । भण्डारीमाथि आक्रमण गर्नेको पहिचान भएको छैन । पेट्रोलपम्पको सिसिटिभीको भिडियोका आधारमा घटनामा संलग्नको खोजिकार्य तिव्र पारिएको प्रहरीको भनाई छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...