हजारलाई लाख बनाई चेक मार्फत किर्ते गरी रकम ठगी गरेको अभियोगमा सन्तोष घिमिरे पक्राउ ।

अपराध

हजारलाई लाख बनाई चेक मार्फत  किर्ते गरी रकम ठगी गरेको अभियोगमा सन्तोष घिमिरे पक्राउ ।
जनवरी ३१ काठमाडौँ :-किर्ते गरी रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित ताहाचल सामुदायिक आवास व्यवस्थापन समाजमा कार्यरत कार्यालय सचिव भोजपुर खडानन्द गाउँपालिका-११ घर भएका ५६ वर्षीय सन्तोष घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कार्यालय प्रयोजनका लागि सिद्धार्थ बैंक शाखा कार्यालय कुलेश्वरबाट २०७६ पुस ९ गते जारी भएको चेकमा ६७ हजार ९ सय १६ रुपैयाँलाई घिमिरेले अंक र अक्षर दुवैमा किर्ते गरी २० लाख ६७ हजार ९ सय १६ रुपैयाँ बनाई उक्त रकम निकाली ठगी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई बल्खुबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठा खानतलासी गर्दा लुकाईछिपाई राखेको नगद १८ लाख रुपैयाँ समेत फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...