साढे ६ वर्षपछि यसरी समातिए एसिड प्रहार गर्ने अपराधी ।

अपराध

साढे ६ वर्षपछि यसरी  समातिए एसिड प्रहार गर्ने अपराधी ।
नोबेम्बर ५ पीम तमु काठमाडौँ :- विन्दावासिनी कंसकार आफ्नै पसलमा बसिरहेकी थिईन । यस्तैमा अचानक उनीमाथी एसिड आक्रमण हुन्छ । उनी असह्य पीडामा चिच्याउन थाल्छिन् । एकैछिनमा मान्छेको भिडभाड बढ्न थाल्छ । तर त्यसबेलासम्म आक्रमणकारी फरार भैसकेको हुन्छ । लगत्तै उनलाई अस्पताल पु¥याईन्छ । केशरी नामले चिनिने भारतीय नागरिक दिलिपराज केशरीले प्रेम प्रस्ताव अस्विकार गरेको रिसमा विन्दावासिनीमाथि एसिड फ्याँकेका थिए । यो करिब साढे ६ वर्ष अघिको घटना हो । घटना लगत्तै नेपाल प्रहरीले उनको खोजी कार्यलाई तीब्र पारेको थियो । तर उनी सोही दिन नै रक्सौल नाका हुँद्रै भारत छिर्न सफल भएका थिए । नेपाल प्रहरीको ठुलो कसरतपछि उनी केही दिनअघि मात्रै पक्राउ परेका छन् । यसविचमा विन्दावासिनी पुर्ण रुपमा निको भई अस्पतालबाट घर फर्किसक्छ । यति मात्रै नभई पछिल्लो समय उनी एसिड आक्रमण जस्तो जघन्य अपराध विरुद्धको अभियानमा सक्रियताका साथ लागिरहेकी थिईन् । घटना भएको ६ वर्षभन्दा बढि समय बितिसकको भएतापनि नेपाल प्रहरीले भारत र नेपालका विभिन्न ठाउँमा केशरीको खोजी कार्यलाई निरन्तरता दिईरहेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यो घटनालाई विशेष चासो देखाउँदै आएका थिए । सो घटनाको समयमा खनाल अञ्चल प्रहरी कार्यालय बीरगन्जमा वरिष्ठ प्रहरी उपरीक्षक थिए । केशरीलाई पक्राउ गर्न प्रहरीले निकै ठुलो कसरत गर्नुप¥यो । हेटौँडामा दीदिभिनाजुसँग बस्ने केशरीसँग सम्बन्धित तथ्यको रुपमा प्रहरीसँग केवल उनको तस्बिर मात्रै थियो । घटना घटेको बर्षौँ बितिसक्दा पनि प्रहरीको प्रयास असफल बनिरहेको थियो । हेटौँडाको बिच बजारमा घटेको घटनाको अपराधी सजिलै उम्किदा पीडित परिवारमा थप पीडा थपियो । तर केशरीको अवस्थाबारे प्रहरी अनविज्ञ थियो । केही दिनअघि भारत गुणगाउँबाट केशरी पक्राउ परेपछि भने विन्दावासिनी र उनको परिवार ठुलो राहात महसुस गरेका छन् । प्रहरीले २० दिन अघि मात्रै केशरीको अवस्थाबारे पत्ता लगाएको थियो । केशरी उक्त घटना पछि भारतको गुणगाउँमा डेरा गरि बसेका थिए । तीन वर्ष अघि विवाह समेत गरिसकेका केशरीको एक वर्षकी छोरी समेत छिन् । उनी एक कुरियर कम्पनिमा कार्यारत रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको थियो । उनलाई पक्राउ गर्न नेपाल प्रहरीका नायब निरीक्षक सागर शम्शेर राणा नयाँदिल्ली हुँदै गुणगाउँ पुगेका थिए । राणा बाराको जितपुर स्थित ईलाका प्रहरी कार्यालयका ईन्चार्ज हुन् । राणाले भारतीय प्रहरीको साहयतामा केशरीलाई उनको डेराबाट पक्राउ गरे । प्रहरीले केशरीलाई केही दिनअघि सार्वजनिक गरिसकेको छ । उनको पक्राउपछि विन्दावासिनीको परिवारले न्यायको अनुभुती गरेका छन् । पीडित परिवारले केशरीमाथि कडा सजायको माग गरेका छन् । विन्दावासिनीको उपचारमा ८० लाख भन्दा बढि भारतीय रुपैयाँ खर्च भएको परिवारको भनाई छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...