कपनमा १९ लाख नगद सहित २१ जना जुवाडेहरु पक्राउ ।

अपराध

कपनमा १९ लाख नगद सहित २१ जना जुवाडेहरु पक्राउ ।
अक्टुबर १३ काठमाडौँ :- महानगरीय प्रहरी वृत्त बौद्ध प्रहरीले करिव १९ लाख नगदसहित २१ जुवाडेलाई पक्राउ गरेको छ । टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा १८ लाख ९२ हजार नगदसहित पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग रु १८ लाख ९२ हजार नगद र तास बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...