दैवी शक्ति प्राप्त भएको भन्दै कर्णाली नदीमा हाम्फाले ,१ मृत्यु अर्को बेपत्ता |

अन्य

दैवी शक्ति प्राप्त भएको भन्दै कर्णाली नदीमा हाम्फाले ,१ मृत्यु अर्को बेपत्ता |
अप्रिल २९ काठमाडौँ :- दैवी शक्ति देखाउँछु भन्दै कर्णाली नदीमा हाम फालेका २ जना धामीमध्ये १ को मृत्यु भएको छ र अर्का एक जना बेपत्ता भएका छन् । उनीहरु दुबै जना आफूमा दैवी शक्ति प्राप्त भएको दावी गर्दैै हामफालेका हुन् । हामफालेकामध्ये जगन्नाथ गाँउपालिका १ का ६१ वर्षीय मानसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए । उनले वेपत्ता जगन्नाथ गाँउपालिका एकका ५३ वर्षीय जयबहादुर बिष्टको खोजी कार्य भईरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रमुख प्रहरी निरीक्षक बोहराका अनुसार हाम फालेका दुवै जना आईतवार बिहान नदी किनारामा काप्दै थिए । त्यसपछि दैवी शक्ति प्राप्त भएकाले केही नुहने भन्दै नदीमा हाम फालेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...