दार्चुलामा दाजु बैनी एउटै डोरीमा झुण्डिएर आत्महत्या गरे ।

अपराध

दार्चुलामा दाजु बैनी एउटै डोरीमा झुण्डिएर आत्महत्या गरे ।
जुलाई ८ दार्चुला:-दार्चुलामा दाजुबहिनीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् । शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौरा बस्ने महादेव डागा र मनिसा डागाले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन्। उनीहरु महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर बारमा डेरा गरी बस्दै आएका थिए । पङ्खामा डोरी लगाइ झुण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेका,अन्दाजी २८ वर्षका महादेव र अन्दाजी २२ वर्षकी मनिसा नातामा दाजु बहिनी पर्छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरीले मुचुल्का तयार गरी आफन्तलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...