श्रेया बिकाको बलात्कार पछि हत्या आरोपमा पक्राउ कुसुम पौडेललाई जन्म कैदको फैसला |

अपराध

श्रेया बिकाको बलात्कार पछि हत्या आरोपमा पक्राउ कुसुम पौडेललाई जन्म कैदको फैसला |
पुस ६ पोखरा :-पोखरा २२ पुम्दी–भुम्दीकी श्रेया विकको बलात्कार पछि हत्याको आरोपमा पक्राउ परेका स्थानिय कुसुम पौडेललाई अदालतले जन्मकैदको फैसला सुनाएको छ । पोखरा महानगरपालिका २२ का मीनबहादुर विकको जाहेरीको आधारमा स्याङजा आरुखर्क स्थायी घर भई हाल पोखरा २२ बस्दै आएका २७ बर्षिय पौडेललाई कास्की जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको हो । कास्की जिल्ला अदालतका न्यायधीश योगेन्द्रप्रसाद शाहको ईजालसले पौडेललाई जन्मकैदको सजाय सुनाएको हो । मुलुकी अपराध संहिता २०७४ ले बलत्कार पछिको हत्यारालाई जन्मकैदको व्यवस्था गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...