पुर्व सूचना ,संचार तथा प्रबिधि मंत्री गोकुल बास्कोटाको नव निर्मितघरमा बिप्लव माओबादीले बम बिस्फोट ।

राजनीति

पुर्व सूचना ,संचार तथा प्रबिधि मंत्री गोकुल बास्कोटाको नव निर्मितघरमा बिप्लव माओबादीले बम बिस्फोट ।
मार्च ११ काठमाडौं:- पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा क्षति पुगेको उनले जानकारी दिए । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ । घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए ।बास्कोटाको निर्माणाधीन घरमा आफूले बम विस्फोट गराएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बताएको छ ।बुधबार बिहान भक्तपुरको मनहरा फाँटस्थित पूर्वसञ्चारमन्त्री बाँस्कोटाको निर्माणाधीन घरमा भएको बम विस्फोटको विप्लव समूहले जिम्मा लिएको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेको विभिन्न आरोप लगाउँदै विप्लव नेकपाले बास्कोटाको घरमा विस्फोट गराएको जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...