भाइको हत्या आरोपमा पक्राउ परेकी दिदिले गरिन आत्मा हत्या ।

अपराध

भाइको हत्या आरोपमा पक्राउ परेकी दिदिले गरिन आत्मा हत्या ।

अक्टुबर २९ सिराहा :- सिरहा कर्जन्हा नगरपालिका- २ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्यामा संलग्न आरोपमा पक्राउ परेकी उनकी दिदीले प्रहरीले सार्वजनिक गरेको पाँच घण्टा नबित्दै हिरासतमै आत्महत्या गरेकी छन् ।हत्या आरोपमा पक्राउ परेका सिरहा कर्जन्हा- २ की १६ वर्षीया प्रियंका यादवले विष्णुपुर प्रहरी चौकीको हिरासत कक्षको बाथरुममा आइतबार साँझ आत्महत्या गरेकी हुन् ।

सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाका अनुसार हिरासत कक्षबाट सेन्ट्रीलाई भनेर नुहाउन बाथरुम छिरेकी उनी ननिस्किएपछि खोजी गर्दा भेन्टीलेसनको ग्रिलमा सलले झुण्डिएको अवस्थामा अपराह्न साढे चार बजेतिर मृत अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

बालक हत्यामा संलग्न आरोपमा धनुषा धनौजीकट्टी- ५ का १४ वर्षीय सञ्जयकुमार साह र सिरहा कर्जन्हा- २ की १६ वर्षीया प्रयंका यादवलाई आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मिर्चैयामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...