निर्मल पन्तका आफन्तले तत्कालिन एसपी र डीएसपीको डीएनए जांच गर्न माग |

अपराध

निर्मल पन्तका आफन्तले तत्कालिन एसपी र डीएसपीको डीएनए जांच गर्न माग |
भदौं २८ काठमाडौँ :- निर्मला पन्तका  आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली विष्ट र डिएसपी ज्ञानबहादुर सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन् ।प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप विष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने अधिकारी नै घटनामा संलग्न रहेको आशंकमा मजबुद भएको बताएका छन् । एसपी विष्ट, डिएसपी सेठी र सिआईबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरुका कल डिटेल हेरिनुपर्छ, निर्मलाका मामा केश भण्डारीले भने, ‘एसपी विष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ ।’ निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन् ।     स्रोत :-नागरिक दैनिक

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...