भक्तपुरमा भएको प्रहरी इन्काउन्टर प्रति नेपाल तामाङ्ग घेदुङ्ग केन्द्रको गम्भीर ध्यानाकर्षण ,सत्य तथ्य जांच गर्न माग |

अपराध

भक्तपुरमा भएको प्रहरी इन्काउन्टर प्रति नेपाल  तामाङ्ग घेदुङ्ग केन्द्रको गम्भीर ध्यानाकर्षण ,सत्य तथ्य जांच गर्न माग |
श्रावण २३ काठमाडौँ :-भक्तपुरको काँडाघारीबाट अपहरणमा परेका ९ बर्षिय बालकको अपहरणपछि फिरौती माग, लगत्तै बालकको हत्याको अभियुक्त भनिएको गोपाल तामांग र सरोज तामांगको प्रहरीले इन्काउन्टर गरिमारेको सम्बन्धमा नेपाल तामाङ्ग घेदुङ्गको गम्भीर ध्यानाकर्षण भएको छ | घेदुङ्गले प्रेस बिज्ञप्ति मार्फत सत्य तथ्य पत्ता लगाउन सम्बन्धित निकायमा अनुरोध गरेको छ |निजहरुलाई आँखामा पट्टि लगाएर डेराबाटै प्रहरीले पक्राऊ गरी सोझै ११ किलोमिटर टाढा घ्याम्पेडाँडाको जंगलमा लगेर हत्या किन गरियो,प्रहरीले सस्तो लोक प्रियता,प्रहरी निकम्मको उदाहरण भएको उल्लेख गरिएको छ | नेपाल तामाङ्ग घेदुङ्गका केन्द्रिय महासचिव महित कुमार तामाङ्गले हस्ताक्क्षर गरेको शो बिज्ञप्तीमा प्रहरी लोक प्रियताको लागी गरिएको हत्याले समाज नसुध्रीने थप बातावरण बिग्रने उल्लेख गरिएको छ | राष्ट्रिय मानव अधिकार आयोग लगायात सम्बन्धित सम्पूर्ण निकायहरुले सत्य तथ्य छानविन गरि बास्तविकता जनता सामु यथाशिघ्र ल्याउन अनुरोध गरिएको छ | प्रेस बिज्ञप्ति

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...